आज कति छ सुनको मूल्य ?

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ। यसदिन सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

सोमबार चाँदी भने तोलामा १० रुपैयाँले वृद्धि भएको छ। यसदिन चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा किनबेच भइरहेको छ। साताको पहिलो दिन आइतबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।