आज कुन कम्पनीको सेयर किन्ने ?

काठमाडौं – आज आइतबार । साताको पहिलो दिन । साताको पहिलो दिन भएकाले आज किनेको सेयर यही हप्ता बेच्न मिल्ने भएर धेरै लगानीकर्ताले सेयर खरिद गर्ने गरेका छन ।

आज कुन सेयर किन्दा अल्पकालिन र दिर्घकालिन रुपमा फाइदा होला भनेर केही कम्पनीको विश्लेषण गर्दैछौं । यो बजारमा भर्खर प्रवेश गरेका नयाँ लगानीकर्ताका लागि लाभदायी हुने अपेक्षा गरिएको छ ।

१) अपी पावर कम्पनी 

पछिल्लो केही हप्ता यता हाईड्रोको सेयरमा लगानीकर्ताको आक्रषण देखिएको छ । तर अपि पावर कम्पनीमा भने हाइड्रो सेयर बढेकाले मात्र आक्रषण छैन् यसले राम्रो बोनस र हकप्रद सेयर वितरण गर्ने भएपछि अतिरिक्त आक्रषण देखिएको छ ।

कम्पनीले कार्तिक १४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १ः०.४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्ने लागेको छ । हकप्रदमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यस्तै कम्पनीले हकप्रद निश्कासन पश्चात लाभांश पनि वितरण गर्ने जनाएको छ । यो कप्पनीको सेयर लाभांश खानका लागि वा हकप्रद सुरक्षित गर्नका लागि नभई हप्ता दिनमै वेच्नका लागि खरिद गर्दा राम्रो हुन्छ । किनकी कम्पनीले २०७५/७६ को लाभांश वितिरण गर्न केही महिना अधिनै बुक क्लेज गरि सकेको छ ।

तर यो सेयर ४/५ महिनासम्म होल्ड गर्न सक्ने हो भने आर्थिक बर्ष २०७६/७७ को बोनश खान सकिने छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट दोहोरो अंकको लाभांश वितरण गर्न सक्ने प्रक्षेपण गरेको छ । यो अलवा कुनैपनि हाइड्रोको सेयर खरिद गर्दा फरक पर्दैन ।

२) राष्ट्रिय बीमा कम्पनी लिमिटेड

दिर्घकालिन रुपमा (३ महिनासम्म होल्ड गर्न सक्ने) लगानी गर्ने लगानीकर्ताका लागि सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर खरिद गर्दा राम्रो लाभ लिन सकिने छ । कम्पनीले लामो समयदेखि साधारण सभा गर्न सकेको छैन् भने बीमा समितिले तोकेको चुक्ता पुँजीसमेत पुर्याएको छैन् ।

बीमा समितिले छिटो भन्दा छिटो साधारण सभा गरेर चुत्ता पुँजी पुर्याउन निर्देशन दिइसकेको छ । समतिले कम्पनीले यसअघि घोषणा गरेको १२० प्रतिशत बोनश वितरण गर्न रोक लगाएको छ भने उक्त बोनश फिर्ता गरेर लगानीकर्तालाई एकमुष्ठ बोनश दिने निर्देशनसमेत दिइसकेको छ । कम्पनी पनि पहिला घोषणा गरेको बोनश सेयर फिर्ता गरेर नयाँ बोनश घोषणा गर्दै कम्पनीको चुक्ता पुँजी पुर्याउने पक्षमा उभिएको छ ।

कम्पनीले आन्तरिक लेखापरिक्षण सकिसकेको छ भने सरकारको तर्फबाट महालेखापरिक्षकको कार्यलयले लेखा परिक्षण गरिरहेको छ । महालेखाले छिट्टै प्रतिवेदन दिने बचन दिएको छ । कम्पनीले महालेखाको प्रतिवेदन कुरेर बसेको छ ।

महालेखाको प्रतिवेदन आएको केही महिनामा साधारसभा गरेर २८० प्रतिशतसम्म बोनस दिएर चुक्ता पुँजी पुर्याउने तयारी कम्पनीको छ । २८० प्रतिशत बोनश खानका लागि राष्ट्रिय बीमा कम्पनी लिमिटेडको जति सक्दो धेरै सेयर उठाउँदा राम्रो हुन्छ । कम्पनीले बोनश घोषणा गरिसकेपछि किन्छु भन्दा सेयर नपाउने खतर हुने भएकाले आजै सेयर खरिद गरेर आफ्नो बोनश सुरक्षित गर्दा राम्रो हुन्छ ।

३) आरएमडीसी लघुवित्त

सेयर किनेर घाटा नजाने अर्को कम्पनी हो आरएमडीसी लघुवित्त । यसले पनि लाभांश प्रस्ताव गरिसकेको छ । केही ठूलो लगानीकर्ताले लाभांश आफ्नो पोल्टामा पार्नका लागि बजार घटाएर ठूलो परिणाममा यो कम्पनीको सेयर उठाइरहेका छन ।

कम्पनीले २० प्रतिशत लाशांश प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा अनुमति माग गरिसकेको छ । कम्पनीलाई राष्ट्र बैंकले अनुमित दिने विक्तिकै बुक क्लोज गरेर साधारण्ण सभा मार्फत लाभांश पारित गर्ने छ । कम्पनीले १५ प्रतिशत बोनश सेयर र ५ प्रतिशत कर प्रयोजनाका लागि भनेर कुल २० प्रतिशत लाभाशं दिने प्रस्ताव गरेको छ ।

कम्पनीले छिटोमा कार्तिक र ढिलोमा मंसिरमा साधारण सभा गर्ने छ । मंसिरसम्म होल्ड गर्नसक्ने लगानीकर्ताले यो सेयर उठाउँदा राम्रो हुन्छ ।

४) बैंकहरुको सेयर

आज सेयर उठाउन पर्ने कम्पनीहरु मध्ये बैंकिङ क्षेत्र पनि एक हो । जुनसुकै बाणिज्य बैंकको सेयर उठाउदा पनि घाटा जाने सम्भावना कम छ । किन भने नेपाल राष्ट्र बैंकले बैंकहरुलाई लाभांश वितरण गर्दा बोनशमा ध्यान दिन भनिसकेको छ ।

राष्ट्र बैंकले ५ प्रतिशत भन्दा तल लाभांश वितरण गर्दा बोनश सेयर दिन कडा निर्देशन दिएको छ भने बैंकहरु पनि आफूलाई बलियो बनाउन बोनश सेयर दिने पक्षमा भएकाले बाणिज्य बैंकको सेयरमा उछाल आउने छ ।