सानिमा जनरल इन्स्योरेन्सको आईपीओ विक्रि खुला, कति भर्ने आवेदन ?

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको छ । आज (असोज २१ गत)बाट कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० लाख कित्ता आईपीओ विक्रि खोलेको हो ।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका साथै मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ। आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ। यो कम्पनीमा लगानीकर्ता प्रतिक्षा गरेर बसेकाले माग भन्दा धेरै आवेदन पर्ने देखिन्छ । त्यही भएर यो कम्पनीमा १० कित्ता आवेदन भरेर बस्दा हुन्छ ।