पैसा ठिक पार्दै गर्नुहोस्, ३ करोड ८५ लाख कित्ता आईपीओ आउँदै छ

काठमाडौं – विभिन्न १४ ओटा कम्पनीको ३ करोड ८५ लाख कित्ता आईपीओ आउने भएको छ । जलविद्युत कम्पनी, मर्चेण्ट बैंक र अन्य समुहका कम्पनीहरुले ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएका हुन ।

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएसँगै १४ ओटा कम्पनीको आईपीओ आउने पक्का भएको हो । ती कम्पनीले ३ करोड ८४ लाख ७३ हजार ७४६ कित्ता आईपीओ निष्कानस गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएका हुन । जसमध्ये १० ओटा जलविद्युत कम्पनी, एक मर्चेण्ट बैंक र तीन ओटा अन्य समुहका कम्पनी रहेका छन् ।

निवेदन दिएका ती कम्पनीमध्ये सबैभन्दा बढी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको छ । कम्पनीले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागेको हो ।

उक्त आईपीओ कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारण्को लागि निष्कासन गर्नेछ । १० ओटा जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोशी जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर, बिन्ध्यवासिनी हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, रुरु जलविद्युत् कम्पनी र माउण्टेन इनर्जी नेपालले स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएका हुन् भने बाँकी कम्पनीले सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्नेछन् ।

केही जलविद्युत् कम्पनीले लामो समय पुगि सक्दा पनि स्वीकृती पाएका छैनन् । जलविद्युत् कम्पनीहरुले आईपीओ निष्कासन गर्नको लागि शुरुमा जलविद्युत् नियमन आयोगको स्वीकृती पाएपछि मात्र बोर्डमा निवेदन दिन पाउनेछन् ।

आयोग बन्नु बन्दा पहिला निवेदन दिएका कम्पनीको हकमा पनि पुनः जलविद्युत् नियमन आयोगको स्वीकृती पाएपछि मात्र बोर्डले स्वीकृति दिन्छ । सोही कारण केही जलविद्युत् कम्पनीको आईपीओ स्वीकृतीमा ढिलाई भएको हो ।